आफ्नो पक्षका सांसदहरूलाई एकढिक्का भएर संसद फेस गर्न ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरूलाई एकढिक्का भएर संसद फेस गर्न निर्देशन दिएका छन् ।
शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको ओली समूहको संसदीय दलको बैठकमा ओलीले आफ्ना सांसदहरूलाई एकढिक्का हुन निर्देशन दिएका हुन् ।प्रधानमन्त्रीको स्पष्ट निर्देशन भनेको संवैधानिक र कानूनी रूपमा संसदमा मर्यादित रूपमा एकढिक्का भएर उपस्थित हुने हो, बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद चक्रप्रसाद स्नेहीले सञ्चारकर्मीहरूसँग भने ।उनले बैठकमा १ सय १५ जना भन्दा बढी उपस्थित भएको दाबी गरे ।