हिन्दु धर्ममा किन गरिन्छ मन्दिर परिक्रमा
हिन्दुहरू आफ्नो आस्था प्रकट गर्न नियमित मन्दिर जाने गर्छन् । मन्दिर गएपछि देवीदेवताको प्रतिमामा पूजाअर्चना गरिन्छ । त्यसपछि मन्दिर परिक्रमा गर्ने विधान हुन्छ । के हो त यसको कारण रु
खासमा मन्दिर परिक्रमा गर्नु लाभदायक छ । मन्दिरहरूमा सकारात्मक ऊर्जाको प्रवाह भइरहेको हुन्छ । यो ऊर्जा हाम्रो शरीरमा स्थानान्तरित हुन्छ र हामी आनन्द अनुभव गर्छौं ।प्रतिष्ठापित मूर्तिमा प्राणप्रतिष्ठा गरिएपछि त्यहाँ ऊर्जाको प्रवाह सुनिश्चित हुन्छ ।
मन्दिर परिक्रमा जहिले पनि सुल्टोबाट अर्थात् घडीको सुई जतातिर घुम्छ, उतैतिरबाट गर्नुपर्छ । विपरीत दिशाबाट परिक्रमा गर्दा ऊर्जालाभ हुँदैन ।