२२ वर्षपछि सञ्जयलीला भन्सालीको चलचित्रमा अजय
मुम्बई । अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्ट पहिलोपटक एउटै क्यामेरा फ्रेममा कैद हुने भएका छन् । यी दुई कलाकारलाई चलचित्र ‘गंगुबाई कडियावाडी’ ले एउटै फ्रेममा ल्याउने भएको हो ।
अभिनेत्री आलियाको मुख्य अभिनय रहेको ‘गंगुबाई कठियावाडी’ मा अभिनेता अजय विस्तारित गेस्ट आर्टिस्टको भूमिकामा देखिँदै छन् ।‘हम दिल दे चुके सनम’ चलचित्रको करिब २२ वर्षपछि अजय सञ्जयलीला भन्सालीको चलचित्रमा देखिन लागेका हुन् ।