सरकार–विप्लव दोस्रो चरणको वार्ता- ‘ वार्ता विषयकेन्द्रित भएको निष्कर्ष
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)बीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ ।
गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र खड्गबहादुर विश्वकर्मा नेतृत्वको विप्लव समूहको वार्ता टोलीबीच बुधवार नै दुई चरणमा छलफल भएको हो ।पहिलो चरणमा बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।
वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन् ।‘
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाको वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले साँझ सम्पन्न भयो । वार्ता विषयकेन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,’ भट्टराईले ट्विटरमा लेखेका छन् ।