प्रधानमन्त्री पद पाए कांग्रेसले जिम्मेवारी निभाउनेछ : शेरबहादुर देउवा
संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँधमा जिम्मेवारी आए प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।
बुधवार चितवनमा आयोजित एक कार्यक्रममा देउवाले प्रधानमन्त्रीको जिम्मेवारी आए आफूहरू नभाग्ने बताएका हुन् । ‘कांग्रेसलाई पदको कुनै लोभ छैन, तर काँधमा जिम्मेवारी आयो भने भाग्नेवाला छैनौं, पूरा गरेरै छाडिन्छ’ देउवाले भने ।