सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता


काठमाडौँ। सरकार र विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखिको वार्ता जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै वार्ता टोलीबीच वार्ता भइरहेको स्रोतले जनाएको छ । सरकारी वार्ता टोलीको संयोजन गृहमन्त्री रामबहादुर थापा बादलले गरेका छन् भने विप्लव समूहको नेतृत्व खड्ग विश्वकर्माले गरेका छन् ।मंगलबार बेलुका अनौपचारिक छलफल गरेका दुई पक्षले आज बिहान साढे सात बजे औपचारिक वार्ता शुरू गरेको जनाइएको छ।

विप्लव समूहले वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहा तथा मुद्दा फिर्ताको विषय राखेको छ । यस विषयमा अहिले सघन छलफल भइरहेको स्रोतले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *