जनताले यो सरकारबाट सुरक्षाको के अपेक्षा गर्नु ?
सर्लाही। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।
मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।सम्बोधनका क्रममा थापाले प्रधानमन्त्री आफैँले ‘मेरो जीउज्यान असुरक्षित छ’ भन्दै हिँड्दा जनताले यो सरकारबाट सुरक्षाको के अपेक्षा गर्नु ? भन्दै प्रश्न गरे । उनले ओलीको बोलीको ठेगान नै नभएको समेत आरोप लगाए ।