संसद पुर्नस्थापनाको लडाईंमा मिडियाको भूमिका समुद्र मन्थनसरह
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनदेखि पुनस्स्थापनासम्मको अवधिमा नेपालको पत्रकारिता जगत अग्रमोर्चामा खडा भएको बताएका छन् ।
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को तेस्रो स्थापना दिवसका अवसरमा आयोजित पत्रकारिता पुरस्कार वितरण एवं सम्मान समारोहमा सभामुख सापकोटाले त्यस्तो बताएका हुन्।पुस ५ देखि फागुन ११ गतेसम्म ६६ दिन भएको एउटा महान् बहसमा नेपाली पत्रकारिता जगत अग्रमोर्चामा खडा भयो, सापकोटाले भने, मैले त्यो बहसलाई समुद्र मन्थनको रूपमा नै लिएको छु ।
लोकतन्त्रका सबै आयामलाई समेटेको नेपालको संविधान दुनियाँकै मौलिक संविधान भएको दाबी गर्दै उनले थपे, हाम्रो परम्परागत संसदीय व्यवस्था पनि होइन, मौलिक नेपालीपन झल्किएको संविधान हो।