ओलीले राजीनामा नदिने, अब संसद्‌बाटै फैसला हुने


काठमाडौं । सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने भन्दै अब संसद्‌बाटै फैसला हुने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सोमबार उनले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताए ।

संसद पुनस्स्थापना भएपछि अधिवेशन अनिवार्य भएको र प्रतिनिधिसभा बैठक बोलाउनल सिफारिस गरेर अदालतको आदेशको कार्यान्वयन गरेको बताए । “प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न र संसदीय प्रक्रियाबाटै अब संसद् अधिवेशन आह्‌वान भइसकेको छ ।
त्यसबाटै आफ्नो फैसला गर्ने कुरा म राख्न चाहन्छु,” प्रवक्ता गुरुङले भने, “नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्नेहरूले राजनीतिक ढंगबाट संन्यास लिँदा अझ राम्रो हुने पो देखिन्छ ।” उनले प्रधानमन्त्री ओलीले अहिले मैदान खाली नगर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *