ओलीविरुद्ध नयाँ अविश्वास प्रस्तावबारे प्रचण्ड-नेपाल समूह छलफलमा
नेकपाको प्रचण्ड-नेपाल समूह गत पुस ५ गते संसद सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि नबढाउने निष्कर्षमा पुगेको छ ।
प्रतिनिधि सभा विघटन भएकै दिन ९० जना सांसदको हस्ताक्षरमा संसद सचिवालयमा अविश्वासको प्रस्ताव पेश गरिएको थियो । भावी प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डुलाई प्रस्ताव गर्दै दर्ता गरिएको अविश्वासको प्रस्तावलाई फिर्ता लिएर नयाँ समीकरणअनुसार प्रचण्ड-नेपाल समूह अघि बढ्ने भएको हो ।