म माथि अत्यन्तै तीव्र रुपमा प्रहार भएको छ ज्यान तलमाथि हुन सक्छ : केपी शर्मा ओली


म माथि अत्यन्तै तीव्र रुपमा प्रहार भएको छज्यान तलमाथि हुन सक्छ : केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि भयो भने अन्यथा मान्न नहुने बताएका छन् । उनले भने सम्पूर्णरूपमा ममाथि प्रहार अत्यन्तै तीव्र गतिले केन्द्रित छ। ममाथि कुनै शारीरिक हमला नै भयो, मेरो ज्यान नै तल-माथि भयो भने पनि अनौठो नमान्नुहोला, प्रधानमन्त्री ओलीले भने, तर त्यसो हुन दिइने छैन । हामी शतर्कता अपनाउनेछौं ।
उनले भने, “विकासका काम गरिरहेको देखेर नै देशी-विदेशी तत्त्व सरकार असफल पार्न लागिरहेका छन् । विकास निर्माणको कामले गति लिइरहेको कारणले म माथि प्रहार भएको छ । सम्पूर्ण रूपमा म माथि अत्यन्तै तीव्र रुपमा प्रहार भएको छ ।”

गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *