सिंगटी हाइड्रोको आइपिओ आज बाँडफाँड
सिंगटी हाइड्रोको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले कम्पनीको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको साधारण सेयर सोमबार बाँडफाँड हुने जनाएको छ ।
कम्पनीले माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १०० अंकित दरका १४ लाख ५० हजार कित्ता साधारण सेयर खुला गरेको थियो ।
मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वमा दिउँसो ३ः ३० बजे सेयर बाँडफाँड हुनेछ । कम्पनीले निष्काशन गरेको आईपिओमा २०.३७ प्रतिशत बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा १९ हजार १ सय ९८ जना आवेदकहरुबाट १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन परेको छ । यस आईपिओमा दोलखाको कालिन्चोक र बिगु गाउपालिकाका स्थानीय बासिन्दाहरुले आवेदन दिएका थिए ।
बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ । कम्पनीले सर्बसाधारणलाई २९ लाख कित्ता शेयर निष्काशन गर्ने छ ।