अदालतले मुलुकलाई सङ्कटबाट जोगायो : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरी मुलुकलाई सङ्कटबाट जोगाएको बताएका छन् ।

सिरहामा पार्टीका अगुवा र कार्यकर्तासँगको भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले संवैधानिक इजलासबाट भएको संसद् विघटन खारेजीको फैसलाले देशलाई राजनीतिक अस्थिरताबाट जोगाएको बताए ।
“सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि मुलुकमा लोकतन्त्रमाथि गम्भीर खतरा उत्पन्न भएको थियो”, पौडेलले भने, “अदालतको इजलासले खतराबाट जोगाएको छ, त्यसबाट संविधानवादको रक्षा भएको छ ।” न्यायालयले जनता, संविधान र कानूनी राज्यको पक्षमा निर्णय गरेको उनको कथन थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *