सर्वोच्च अदालतको फैसलालाई काँग्रेसको स्वागत
काठमाडौं । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गरी सर्वोच्चको फैसलाको स्वागत गरेका हुन् । जारी विज्ञप्तिमा सभापति देउवाले सरकारले चालेको कदमलाई सुरुदेखि नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदमको रुपमा दिएको बताएका छन् ।उनले भनेका छन्, ‘गत पुस ५ गते प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई काँग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो ।