विप्लव नेकपासँगको वार्ताको कुराले कसै कसैलाई छटपटी : केपी शर्मा ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित विप्लव नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भएको टिप्पणी गरेका छन् ।

पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटी भएको टिप्पणी गरेका हुन्।
प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहोर्‍याउन आफूले पहल गरिरहेको बताए ।

सम्बोधनकै क्रममा उनले वैशाखमा कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने बताउँदै दुबै चरणको निर्वान गर्न सरकार तयार रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले वैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा निर्वाचन हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *