नागरिक लगानी कोषको हकप्रद बाँडफाँड
नागरिक लगानी कोषले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद फागुन ६ गते बाँडफाँड गरिएको बिक्रि प्रबन्धक आरबिबि मर्चेन्टले जनाएको छ ।
कम्पनीले पुष २८ गतेदेखि माघ १९ गतेसम्म १ः०.८२८४ का दर ९८२.८४० प्रतिशतका दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये रिट पुर्वक आवेदन दिने १२ हजार ६ सय ४० जनालाई १ करोड ३२ लाख ३८ हजार ३ सय ७८ दशमलव ९५ कित्ता शेयर बाँडफाँड भएको हो । बाँकि रहेको ३ लाख ५४ हजार २ सय १४ कित्ता शेयर लिलाममा आउने छ ।
त्यस्तै कम्पनीले हकभन्दा बढीको लागि आवेदन दिएका लगानीकर्ताले बाँडफाँडमा नपरेको पैसा फागुन १० गते सोमबारदेखि फिर्ता पाउने छन् ।
हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ ।