महामारी नियन्त्रण, जलवायु परिवर्तन जस्ता विषयमा बाइडेन प्रशासनले काम गर्ने
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका पूर्ववत् स्थितिमा फर्किएको बताएका छन्।
डोनाल्ड ट्रम्पको कार्यकालमा प्राथमिकतामा नपरेको महामारी नियन्त्रण, जलवायु परिवर्तन लगायतका विषयमा बाइडेन प्रशासनले काम गर्ने उनले बताए। उनले ट्रम्पको ुअमेरिका फस्टु नीतिमा समेत परिवर्तन हुने बताएका छन्।
साथै कोरोना भाइरसविरुद्ध विश्वव्यापी भ्याक्सिन कार्यक्रममा समेत उनले जोड दिएका छन्। ब्लिङ्कनले कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन चीन पारदर्शी नभएको आरोप समेत लगाएका छन्।