प्रतिनिधि सभा विघटनका बारेमा पार्टीमा कुनै विवाद छैन : प्रदीप पौडेल
नेपाली कांग्रेसका युवानेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीमा कुनै पनि प्रकारको भिन्न मत नभएको बताएका छन् ।
नुवाकोट कांग्रेसको नवनिर्मित भवन उद्घघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनका बारेमा कांग्रेसमा फरक-फरक मत नरहेको बताएका हुन् ।
पदाधिकारी बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको थियो । केन्द्रीय कार्यसमिति बैठकले पनि पदाधिकारी बैठककै निष्कर्षलाई पारित गरेको छ, नेता पौडेलले भने,बहुमतले होइन, सर्वसम्मत निर्णय गरेको हो । संसद् विघटनका बारेमा कांग्रेसमा फरक-फरक मत छैन ।