राष्ट्रपतिद्वारा प्रदेश २ मा प्रदेश प्रमुखको हेरफेर


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले परियालाई पदमुक्त गर्दै रौतहटका झालाई नियुक्त गरेको जानकारी विज्ञप्तिमार्फत दिइएको छ ।परियार तत्कालीन माओवादीका नेता थिए । पार्टीभित्र देखिएको विवादको असर अब प्रदेशमा पनि पर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *