प्रभु इन्स्योरेन्सको लाभांश घोषणा
प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतल हुन आउने १० करोड ५६ लाख २७ हजार ४ सय ८४ रुपैयाँ बराबरको बोनस शेयर र ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार ३ सय ४१ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।