पूर्वराजा र पशुपतिनाथको प्रसंग अमर्यादित ढंगले जोडिएकोमा कमल थापाको आपत्ति


राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा पूर्वराजा र पशुपतिनाथको प्रसंग अमर्यादित ढंगले जोडिएको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको विरोध सभाका क्रममा नेता रघुजी पन्तले पशुपतिनाथले पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्र शाहलाई कल्याण नगरेको बताउँदै ओलीसमेत पशुपतिको शरणमा पुगेको भएपनि उनलाई पनि कसरी कल्याण होला भन्दै अभिव्यक्ति दिएका थिए ।

सोबारे आपत्ति जनाउँदै थापाले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘केपी ओलीको विरोध गर्दा अमर्यादित र अनुचितढंगबाट आराध्य देव भगवान् श्रीपशुपतीनाथ र राजा बीरेन्द्र र राजा ज्ञानेन्द्रको प्रसंग जोड्ने यस्तो पाखण्ड सोचले प्रचण्ड र माधव नेपालको अभियानमा आमजनताको विश्वास घटाएको छ, अविश्वास बढाएको छ। यस्तो वेतुकको वकवास बन्द गर्न सल्लाह दिन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *