वातावरण अभियन्ता ग्रेटा थनबर्गको ट्वीटको हलचल


स्विडेनकी वातावरण अभियन्ता ग्रेटा थनबर्गले भारतमा चलिरहेको किसान आन्दोलनका विषयमा गरेको ट्वीट विवादमा परेको छ ।

उनको ट्वीटमा एक टूलकिट (दस्तावेज) को लिंक पनि दिइएको छ । त्यसमा किसान आन्दोलनका विषयमा संसारभरि विरोध कार्यक्रम चलाउने निर्देशन थियो ।
ट्विटरमा यस विषयमा निकै हल्लीखल्ली भएपछि दस्तावेजमा पहुँच वर्जित गरिएको थियो र पोस्ट डिलिट गरिएको थियो ।
डिलिट गरिएको ट्वीटमा जनवरी २६ मा भएको विरोध र अन्य सडक प्रदर्शनको विस्तृत विवरण दिइएको थियो । त्यसको स्क्रीनशट सामाजिक सञ्जालमा व्यापक शेयर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *