निर्वाचनका लागि बजेटको कमी नहुने अर्थमन्त्रीको भनाई
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि बजेटको कमी नहुने बताएका छन् । निर्वाचन आयोगसँगको छलफलका क्रममा मंगलबार उनले कोभिड१९ को महामारीको समयमा निर्वाचन गर्नुपरेकाले खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा समेत ध्यान दिन सुझाएका थिए ।
भेटका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका भइरहेका व्यवस्थापकीय कामबारे जानकारी दिएका थिए । निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न गराउन एवं विगतका निर्वाचनका तुलनामा मितव्ययी रूपमा खर्च गर्न र लागत प्रभावकारी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि बताए ।