ब्राजिलका राष्ट्रपतिविरुद्ध महाअभियोग माग
ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारोले कोभिड-१९ महामारी व्यवस्थापन गर्न नसकेको भन्दै धेरैले राजीनामा वा महाअभियोगको माग गरेका छन् ।
आइतवार लगभग २०० जना राजधानी ब्रासिलियामा भेला भएर बोल्जोनारो हट र महाअभियोग अहिल्यै लगायतका नारा लेखिएका ब्यानर बोक्दै प्रदर्शन गरेका छन् । त्यहाँ पुगेका गाडीहरूले हर्न बजाएर प्रदर्शनकारीलाई समर्थन गरेका थिए । प्रदर्शन वामपन्थी दल तथा समूहले आयोजना गरेका हुन् ।
सोमवारसम्म कोरोना महामारीले ब्राजिलमा २ लाख २४ हजार ५०४ जनाको मृत्यु भएको छ ।