नागरिक लगानी कोषको हकप्रदमा,आज अन्तिम दिन


काठमाण्डौ । नागरिक लगानी कोष (सीईटी) को हकप्रद सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ।कोषले गत पुस २८ गतेदेखि १ः०.८२८४ को अनुपातमा हकप्रद निष्कासन गरेको छ। यो हकप्रदमा आज सोमबार बैंकिङ समयसम्म आवेदन सकिने धितोपत्र बिक्री प्रबन्ध आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

कोषको हाल कायम चुक्तापुँजी १ अर्ब ६४ करोड ७ लाख ४० हजार ८०० रुपैयाँको एक सेयरबराबर नयाँ ०.८२८४ निष्कासन गरेको छ। १०० रुपैयाँ अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयरमा सेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *