गरिमा विकास बैंकको ‘मेरो सेयर बचत खाता’ सार्वजनिक


नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु¥याउन ‘मेरो शेयर बचत खाता’ सार्वजनिक गरेको छ ।
यो खाताअन्तर्गत ग्राहकहरुले न्युनतम रु ५०० मा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सकिनेछ । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्नुहुनेछ । वर्तमान अवस्थामा कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५५ ब्याजदर प्रदान गर्ने बताएको छ ।
जनमानसमा शेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली शेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पु¥याउने यो खाताको मुख्य उद्घेश्य रहेको यस बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *