सिद्धार्थ आनन्दको फिल्ममा प्रभाष
हिट चलचित्र ‘वार’को सफलतापछि निर्देशक सिद्धार्थ आनन्दको कुनै प्रोजेक्ट सार्वजनिक भइसकेको छैन ।
तर, २०२२ सम्म उनले निर्देशन गरेका ३ वटासम्म चलचित्र आउन सक्ने अनुमान गर्न सकिन्छ ।
हाल उनी नयाँ प्रोजेक्ट निर्माणको तयारीमा जुटेको समाचार सार्वजनिक भएको छ । उनी एक ड्रिम प्रोजेक्टको तयारीमा जुटेको भारतिय मिडियाहरूले जनाएका छन् ।
सिद्धार्थले बनाउने भनिएको चलचित्र ‘पैन इण्डिया’ मा साउथ इण्डियन सुपर स्टार प्रभाषलाई लिने योजना गराएका छन् ।
भारतिय मिडिया पिंकविलाको रिपोर्ट अनुसार सिद्धार्थ अहिले प्रभाषसँग निरन्तर यस विषयमा कुराकानी गरिरहेका छन् । यो चलचित्रको बजेट निकै महंगो हुने अनुमान गरिएको छ ।