सिद्धार्थ बैंकको वार्षिक साधारण सभा आज


सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा आज (माघ १६ गते, शुक्रबार) हुँदैछ ।
बैंकको पौष १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा आम्रपाली बैंक्वेटमा, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।सभामा बैंकको मंसिर १९ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *