अहिलेसम्मकै विशाल प्रदर्शन गर्ने मुडमा नेकपा
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा भंग गर्ने सरकारको निर्णयविरुद्ध आगामी माघ २८ गते विशाल जनप्रदर्शन गर्ने भएको छ । सो पार्टीको केन्द्रीय संघर्ष समिति सचिवालयको बिहिबार बसेको बैठकले आगामी माघ २८ गते काठमाडौंमा आयोजना गरिएको जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउने कार्ययोजनासहितको निर्णय गरेको छ ।
संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको प्रचण्ड-नेपालको ठहर छ ।