ट्रान्सपरेन्सी इन्टरनेशनलको निष्कर्ष, नेपालमा भ्रष्टाचार झन् बढ्यो
काठमाडौँ। ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको रिपोर्टमा नेपालमा भ्रष्टाचार अझ बढेको उल्लेख गरिएको छ ।
भ्रष्टाचारका कारण कोरोना भाइरसको महामारी रोकथामका प्रयास पनि कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको ट्रान्सपरेन्सी इन्टरनेशलनको रिपोर्टमा उल्लेख गरिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० देशका सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा लिएको थियो । यसका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीको ११७ औँ स्थानमा छ ।
गएको वर्ष यस सूचीमा नेपाल ११३ औँ स्थानमा थियो ।