कांग्रेस सभापति देउवा र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौँ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।
अमेरिकी राष्ट्रपति बाइडेन प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफलका क्रममा राजदूत बेरीले सभापति देउवालाई भेट गरेका हुन ।दुबै नेताहरुसँगको भेटमा राजदूत बेरीले लोकतन्त्रको सबलीकरण, जलवायु परिवर्तन, महिला तथा बालिकाहरूको अधिकारको प्रवर्द्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू दोहोर्याएका थिए ।