नबिलसँगको मर्जर हल्लाबारे एनसीसी बैंकको प्रष्टीकरण


नेपाल क्रेडिट एण्ड कमर्श बैंकले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने निर्णय नभएको बताएको छ । आइतबार सेयर बजारमा बैंकको सेयर किन्नेहरु बढी देखिएपछि नेप्सेले भित्री सूचना भए जानकारी गराउन भन्दै बैंकलाई पत्र काटेको थियो ।

‘उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने र गाभिने वा प्राप्ती गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सम्पत्ति, दायित्व र कारोबारको मूल्याङ्कन गर्न, मूल्याङ्कनकर्ता नियुक्ति गर्न तथा सम्झौता गर्न तथा सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय भएको छ’ बैंकले भनेको छ ।
बैंकले १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावबाहेक मूल्यमा असर पर्ने कुनै निर्णय नभएको दाबी गरेको छ ।

नबिल बैंकसँग एनसीसी मर्जमा जाने हल्ला चलेपछि आइतबार एनसीसीको मूल्य १० प्रतिशतले बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *