राष्ट्रपतिलाई पार्टी र विदेशीले समेत ‘गोटी’ बनाए : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्या भण्डारीलाई विदेशीले समेत ‘गोटी’ बनाएको आरोप लगाएका छन् ।
नवलपरासीपूर्वको कावासोतीमा आफ्ना पार्टीका अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता थापाले राष्ट्रपतिलाई पार्टीले मात्र नभइ विदेशीलेसमेत यही अवधिमा आफ्नो ‘गोटी’का रुपमा प्रयोग गरेको आरोप लगाएका हुन ।
‘राष्ट्रपतिलाई अहिले सानो काममा प्रयोग गरिएको छ’, अध्यक्ष थापाले भने, ‘भोलि राष्ट्रलाई अझै ठूलो संकटमा पर्ने बेलामा पनि विदेशीको प्रयोग हुन सक्छ ।’
राप्रपा अध्यक्ष थापाले अहिलेका राजनीतिक दलका गलत कामका कारण विदेशीहरुको चलखेल र प्रभाव तीब्र बढेर गएको बताए ।