बृहत् जनआन्दोलन निर्माणमा अर्जुनदृष्टि : डा. भट्टराई


जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बृहत् जनआन्दोलन निर्माणमा अर्जुनदृष्टि लगाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष भट्टराईले ओली प्रतिगमनलाई परास्त गर्न बृहत् जनआन्दोलन निर्माण गर्नुपर्ने जनाएका छन् ।
उनले लेखेका छन्, ‘हामी नेपालीहरूको आफ्नो स्वविवेक, स्वनिर्णयको अधिकार/क्षमतामा विश्वास गरौं । सिंगो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानका विरोधी भित्रीरबाहिरी तत्वहरूले गरेको/गर्ने दुष्प्रचारको भ्रममा नपरौं । ओली प्रतिगमनलाई परास्त गर्न बृहत् जनआन्दोलन निर्माणमा अर्जुनदृष्टि लगाऔं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *