आर्थिक सुधारमा राजनीतिक घटनाक्रमले प्रभाव पर्दैन : अर्थमन्त्री पौडेल


काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारकोे निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने बताएका छन् ।

प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे अन्तरराष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँग श्रव्य दृश्यका माध्यमबाट आज आयोजित बैठकमा अर्थमन्त्री पौडेलले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनीतिक प्रणालीको एउटा प्रक्रिया भएको बताए ।उनले नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरेका छन्। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *