कोरोनाको खोप सबैलाई निशुल्क उपलब्ध हुने
काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले कोरोनाको खोप सरकारले निस्शुल्क उपलब्ध गराउने बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई कोरोनाको खोप निस्शुल्क गराउने बताएका हुन् ।
उनले भने, ‘कोरोनाको गुणस्तरीय खोप ल्याउने तयारीमा गरिरहेका छौँ। सरकारले कोरोनाको खोप निस्शुल्क उपलब्ध गराउँछ ।
निर्वाचनको तयारी लाग्दा पनि सरकारले कोरोनाको खोप उपलब्ध ल्याउँछ।’कार्यक्रममा उनले मुलुक निर्वाचनमा गइसकेको पनि बताए। ‘मुलुक निर्वाचनमा गइसक्यो, वैशाख १७ र २७ मा निर्वाचन हुन्छ।