भारतले दियो नेपाललाई १० लाख डोज खोप, प्राथमिकतामा को?


काठमाडौँ। भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरूद्धको खोप उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतले १० लाख डोज उपलब्ध गराएको घोषणा गरेको हो । भारतले अनुदानमा दिएको खोप बिहीबार नै काठमाडौँ आइपुग्नेछ । यी हुन् नेपालमा कोभिड–१९ विरुद्धको खोपको पहिलो भागीदार
१. स्वास्थ्यकर्मी तथा सेवक
यो सूचीमा सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत् स्वास्थ्यकर्मी, प्रशासनिक तथा सरसफाइमा खटिएका कर्मचारी र स्वास्थ्य सेवाका लागि फिल्डमा खटिने कर्मचारीलाई राखिएको छ । यो वर्गमा नेपालको कुल जनसंख्याको ३ प्रतिशत नागरिक पर्दछन् ।

२. ज्येष्ठ नागरिक तथा दीर्घरोगी
खोपको दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका दीर्घरोगी एवम् नागरिक छन् । जुन नेपालको जनसंख्यामा १२.२५ प्रतिशत छन् ।

३. ४० देखि ५४ वर्षसम्मका दीर्घरोगी
४० देखि ५४ वर्षसम्मका दीर्घरोगी नागरिकलाई तेस्रो प्राथमिकतामा राखिएको छ । नेपालमा यो वर्गका नागरिक कुल जनसंख्याको ३.६८ प्रतिशत छन् ।

४. माइग्रेन्ट श्रमिक
खोप दिइने वर्गको प्राथमिकतामा बाहिरबाट आएर नेपालमा काम गरिरहेका श्रमिकलाई समेत राखिएको छ । उनीहरुलाई श्रमिकलाई चौथो चरणमा खोप दिइनेछ । नेपालमा यस्ता श्रमिक १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।

५. ४० देखि ५४ वर्षका नागरिक
खोपको प्राथमिकतामा यी नागरिक पाँचौँ नम्बरमा छन् । नेपालमा ४० देखि ५४ वर्ष उमेर समूहक नागरिक पनि ३.६८ प्रतिशत छन् ।

६. १५ देखि ३९ वर्षका नागरिक अन्तिम चरणमा खोप पाउनेमा युवा वर्ग छन् । १५ देखि ३९ वर्ष उमेर समूहका नागरिकलाई अन्तिम चरणमा खोप दिने सरकारको तयारी छ । नेपालको जनसंख्याको २२.५५ प्रतिशत नागरिक यही उमेर समूहका छन् । यो प्राथमिकीकरण सबै खोप आइपुग्दासम्मको योजना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *