अमेरिकाका ४६ औं राष्ट्रपतीको सपथ लिंदैछन् जो बाइडेन
वासिङटन डिसीको क्यापिटलमा हुने आजको समारोहमा बाइडेनले राष्ट्रपतिका रुपमा शपथ लिँदैछन्। कमला ह्यारिस उपराष्ट्रपति बन्दैछिन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै ह्वाइट हाउसमा सबैभन्दा पाका राष्ट्रपतिका रुपमा उनी प्रवेश गर्नेछन् । शपथ ग्रहण लगत्तै बाइडेन ह्वाइट हाउस प्रवेश गर्नेछन्।आजको शपथ ग्रहणमा ट्रम्प भने सहभागी हुने छैनन्।
आजको विशेष समारोहको लागि अमेरिकाका ५० वटै राज्यका सुरक्षा सतर्कता बढाइएको छ। राष्ट्रपति ट्रम्पका समर्थकले संसदको संयुक्त सत्रमा आक्रमण गरेको हुँदा शपथ समारोहमा पनि प्रदर्शन वा विरोध हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो। १५ हजारभन्दा बढी नेशनल गार्ड ट्रुप र सयौंको संख्यामा प्रहरी परिचालन गरिएका छन्।।