संसद विघटनको सिफारिशमा राजाको भाषा ह्वास्सै गनायो : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिश र राष्ट्रपतिको विज्ञप्तिमा राजाको भाषा ह्वास्सै गनाएको दाबी गरेका छन् ।
नेकपा समर्थित पत्रकारको संस्था प्रेस संगठनको भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए ।‘प्रतिनिधि सभा विघटन गर्ने भाषामा राजाको भाषा ह्वास्सै गनाइरहेको छ, केपीको भाषा तपाईंहरूले सुँघ्नुभएको छ छैन ?’ प्रचण्डको प्रश्न थियो ।