कांग्रेस र नेकपा प्रचण्ड-नेपाल पक्षबीच विवाद,१७ राउण्ड हवाइ फायर
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका- ९ नयाँ बजारमा २ पक्षबीच विवाद हुँदा प्रहरीले १७ राउण्ड हवाइ फायर गरेको छ ।
रुकुम पश्चिम जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएपी) रुपक श्रेष्ठका अनुसार गाउँपालिकाका नेपाली कांग्रेस र प्रचण्ड-माधव नेपाल समूहको (नेकपा) बीच विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्याससहित १७ राउण्ड हवाइ फायर गरिएको हो ।
पुरानो विवाद मिलाउनका लागि सोमवार प्रहरीले दुवै पक्षलाई बोलाएको थियो तर प्रयास असफल भएपछि मंगलबार विवाद मिलाउन बोलाइएको थियो । तर मंगलबार नेकपा पक्षका व्यक्तिले वडा नम्बर ९ का वडाध्यक्षलाई नै आक्रमण गरेपछि दुई पक्षबीच झडपको स्थिति बनेको डीएसपी श्रेष्ठले बताएका छन्। ।