सनातन हिन्दू धर्ममा धर्ती प्रणामको खास कारण


विहान उठ्नासाथ धर्ती(पृथ्वी)मा टेक्नुभन्दा पहिला धर्ती(पृथ्वी) लाई प्रणाम गर्न सल्लाह दिन्छ । किनकी धर्ती हाम्रो पालनकर्ता हो ।

हाम्रो जीवनका लागि सबै आवश्यक पदार्थ धर्तीले नै हामीलाई उपलव्ध गराउँछ चाहे पानी या भोजन । त्यसैले धर्तीको सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।
धर्तीलाई नमस्कार गरेर र उ प्रति आभार प्रकट गरि हामी आफ्नो सौभाग्य बढाउन सक्ने वैदिक धर्ममा व्याख्या गरिएको छ । सनातन हिन्दू धर्ममा धर्तीलाई देवी र आमाको स्थान दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *