संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ : रामचन्द्र पौडेल


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिला संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनपछि संविधान र लोकतन्त्र दुवै ‘डिरेल’ भएको बताउँदै आएका पौडेलले लोकतन्त्र र संविधानको रक्षापछि मात्र चुनावमा जानुपर्ने धारणा राखेका हुन् ।

“लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लागेर बस्ने कुरा हुँदैन । त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ,” पौडेलले सामाजिक सन्जालमा लेखेका छन्, “७० वर्ष लगाएर बनाएको संविधानमा व्यापक छलफलबाट राखिएको व्यवस्था तीन वर्षमै उल्लंघन गर्न थाल्यौं भने यो संविधान पनि औचित्यहीन बन्‍न सक्छ ।”
उनले संविधान र लोकतान्त्रलाई औचित्यहीन बन्ने बाटो कांग्रेसले रोक्नुपर्ने बताए ।“संविधानको रक्षापछि मात्र निर्वाचनमा जानु उपयुक्त हुन्छ, लोकतन्त्र नै रहेन भने निर्वाचनबाट प्रतिनिधि आउने व्यवस्थाले मात्र व्यवस्थाको रक्षा गर्न सक्दैन,” पौडेलको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *