निर्वाचनका लागि ८ अर्ब खर्चको अनुमान


काठमाडौँ। निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।
आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो ।

आयोगले यसपटक कोभिड-१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी गर्नुपर्ने भएकाले अघिल्ला निर्वाचनमा भन्दा खर्च केही बढ्ने अनुमान गरेको छ ।
सो विषयमा प्रारम्भिक खाका बनाउने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोगले सोमबार वार्षिक प्रतिवेदन बुझाउने भएको छ । आयोगले प्रतिवेदन दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने प्रवक्ता श्रेष्ठले बताएका छन्। ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *