प्रचण्ड र माधव नेपालकोे कित्ता क्लियर छैन् : बाबुराम भट्टराई


जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई कित्ता क्लियर गर्न आग्रह गरेका छन्।काठमाडौंमा आज बिहान गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।


उनले प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पनि प्रचण्ड-नेपालले कारवाही नगरेकोले आशंका पैदा भएको बताए।

‘केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न? तपाईंहरूले कित्ता क्लियर गर्नुस्। तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ,’ भट्टराईले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *