बक्स अफिसमा लाग्यो आगो,के फर्किन्छ ताप?
दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टारहरू थलापति विजय र विजय सेतुपति स्टारर एक्सन थ्रीलर फिल्म मास्टरुले बक्स अफिसमा अनपेक्षित सुरुवात गरेको छ। फिल्मले पहिलो दिनमै ४० करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो वर्ल्डवाइड कमाई हो।
यससँगै फिल्म विश्लेषकहरुले कोरोना भाइरस संक्रमण महामारीले झण्डै एक वर्षदेखि बन्द सिनेमा हलमा प्रदर्शन भएको फिल्मले आशाको किरण देखाएको टिप्पणी गरेका छन्।फिल्म मास्टरले तमिलनाडुमा मात्रै २३ करोड रुपैयाँभन्दा बढी कमाएको छ। केरल र कर्नाटकमा ३र३ करोड रुपैयाँ भन्दा बढीको कारोवार गरेको छ।