अदालतले संसद विघटन गर्ने सरकारको निर्णय खारेज गर्छ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनस्स्थापना गर्नेमा ढुक्क रहन आग्रह गरेका छन् ।
गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको भेलामा सम्बोधन गर्दै उनले भने, ढुक्क हुनुहोला । संसद् पुनस्स्थापना भई छाड्छ ।
मंगलबार पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालतले संविधान अनुसार संसद पुर्नस्थापनाको फैसला गर्नेमा आफु विस्वस्त रहेको बताएका हुन् ।
‘संविधान, धेरै कानुनविद्हरुको कुराकानीमा पनि संसद विघटनलाई सदर गर्ने आधार नै छैन । सर्वोच्च अदालतको फैसलामा ढिलाइ भए जनताको अदालत रहेको पनि प्रचण्डले बताए ।