मुख्यमन्त्री नै निलम्बनमा! प्रदेशसभामा झडपको खतरा
मोरङ। नेकपाको दाहाल-नेपाल समूहले मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।
पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरिएको दाहाल-नेपाल समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।
निलम्बन गरिएकाहरुलाई प्रदेशसभा बैठकमा प्रवेश गर्नै नदिने रणनीति अख्यितार गर्नेतर्फ नेकपाका समूहहरु सक्रिय हुँदा प्रदेशसभा बैठकमा‘हात हालाहाल’हुन सक्ने खतरा बढेको छ ।