भारत र चीनको विवादमा मध्यस्थता गर्न सक्छु : प्रधानमन्त्री ओली


काठमाडौं । भारतीय टेलिभिजन जी न्यूजका सम्पादक सुधिर चौधरीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले भुगोल र जनसंख्यामा नेपाल भारतभन्दा सानो भए पनि सार्वभौमिकतामा सधैँ समान भएको बताएका छन्।
ओलीले देश सानो ठूलो आकारमा भएपनि देशको रुपमा सानो ठूलो हुन नसक्ने बताए।

उनले यो पुरानो ‘कोलोनियन’ युग नभएको भन्दै अहिले पारस्परिक सम्मानको युग भएको बताए। सीमाको विषयमा नेपाल-भारतबीच वहस भइरहेको उनको भनाइ थियो।
उनले भारत र चीनको विवादमा सी जिनपिङ र मोदीको बीचमा मध्यस्थता गर्न सक्ने समेत बताएका छन्।
दुवै देशको बीचमा समस्यारहित सम्बन्ध चाहन्छौँ। ठूला छिमेकी लड्न थाले त्यसको असर हामीमा पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *