ओलीको नीति हिन्दूवादी, फाँसिष्ट र सर्वसत्तावादी : डा.बाबुराम भट्टराई
काठमाडौँ। जनता समाजवादी पार्टी जसपा का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ओलीको नीति हिन्दूवादी, फाँसिष्ट र सर्वसत्तावादी भएको आरोप लगाएका छन् ।
संविधानभा सदस्य मञ्चद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले ओलीको कदमलाई प्रतिगमनतिरको यात्राको आरोप लगाए ।
ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको पनि उनले बताए ।