संसद् विघटन गर्ने कार्य प्रतिगमनको औजार,देउवाको चरित्र चिन्ताको बिषय : नागरिक अगुवाद्वय(विज्ञप्तिसहित)
काठमाडौं । नागरिक अगुवाद्वय डा। देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कार्य प्रतिगमनको औजार भएको बताएका छन् ।
उनीहरुले यस्तो बेलामा आफूलाई लोकतान्त्रिक मूल्य मान्यताको धरोहर दाबी गर्ने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको बिषय भएको बताएका छन् ।